दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - वर्षाका कारण अबको तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर तथा वाग्मती प्रदेशको सिन्धुपाल्चोक, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतका नदी, खोलामा बाढीको अनुमान गरिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशको पाल्पा, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही साना नदीमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
यस्तै, भोलि पनि यी खोला तथा नदीमा पानीको सतहले सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई विशेष सावधानी अपनाउन भनिएको छ।
ग्राफ : बाढी पूर्वानुमान महाशाखा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।