किनमेलका लागि भारतीय बजार जाँदै गर्दा दाङका दुई महिलामाथि सामूहिक बलात्कार

 असार १३, २०७९ सोमबार १३:२५:३८ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ : नेपाल–भारत सीतावर्ती दाङ देउखुरीको राजपुरका दुई नेपाली महिलामाथि भारतीय क्षेत्रमा सामूहिक बलात्कार भएको छ । किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकबाट हिजाे आइतवार दिउँसाे बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बलात्कार गर्नेहरूलाई भारतीय प्रहरीले पक्राउ गरी कारबाही थालेको दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले केहीबेर अघि जानकारी दिनुभयो । राजपुरका महिलाहरू नेपालबाट भारतको मनीपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा भारतीय युवाको समूहले बलात्कार गरेको डीएसपी रिजालले जानकारी दिनुभयो । ६ जना महिला भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएका र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउँदै सामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले त्याे घटना भारतीय प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जानकारी आफूहरूलाई प्राप्त भएको डीएसपी रिजालले बताउनुभयो । पीडित नेपाली पक्षले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चार जना पक्राउ गरेको जानकारी दिएको डीएसपी रिजालले बताउनुभयो  ।

नेपाल–भारत सीमा क्षेत्र राजपुरका धेरै बस्तीका मानिसहरू अहिले पनि किनमेलका लागि जङ्गलको बाटो हुदै भारतीय बजारमा जानुपर्ने बाध्यता छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया