स्वयम्भू र हनुमान ढोकालाई जोड्ने 'हेरिटेज' मार्ग बनाउँछु : मन्त्री श्रेष्ठ

 असार १३, २०७९ सोमबार १६:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने 'हेरिटेज' मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । 

आज सोमवार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने 'हेरिटेज' मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो । उहाँले आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताउनुभयो । 

उहाँले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा सात दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको पनि बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया