दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने बताउनुभएको छ ।
आज सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै महाशाखाका निर्देशक दासले हैजाबाट बच्न नागरिक र सरोकारवाला निकाय सजग रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिलेसम्म महाशाखाले परीक्षण गरेको तीन ठाउँको पानी प्रदूषित देखिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरको सानेपा, काठमाण्डाैकाे बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको हाे ।
उहाँले भन्नुभयो, ‘तीनै ठाउँको रिपोर्टमा स्टोर गरेर राखेको पानी प्रदूषित भएको भेटिएको छ । सानेपामा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको छ । बल्खु र कोटेश्वरको पनि नमुना लिइएको छ, रिपोर्ट आएको छैन । १० वटा नमुना केयूकेएलले लिएको छ तर ठाउँ यकिन छैन । बूढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुङ्गेधाराकाे पानी प्रदूषित पाएका छौँ । त्यहाँ १५ प्रतिशत जारको पानी प्रदूषित पाइएको छ ।’
निर्देशक दासले नागरिकले पानी उमालेर तथा क्लोरिन र पियूष हालेर खाएमा पनि हैजबाट बच्न सकिने बताउनुभयो । यसका कतिपय लक्षण नदेखिने भएकाले सामान्य शङ्का लागेमा पनि स्वास्थ्य परीक्षण गराउन उहाँकाे सुझाव छ ।
निर्देशक दासले सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरूलाई तयारी अवस्थामा बस्न पनि भनेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।