'लिफ्ट' मागेर गाउँपालिकाका कर्मचारीलाई लुटपाट गर्ने ३ जना भारतीय पक्राउ

 असार १३, २०७९ सोमबार २०:२५:५ | रासस
unn.prixa.net

भारतीय नागरिकबाट लुटिएका कर्मचारी, तस्बिर : सामाजिक सञ्जाल

कैलाली – कैलालीको गोदावरी नगरपालिका ४ काे गाईमारे भन्ने ठाउँमा नेपाली नागरिकलाई लुटपाट गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले आज साेमवार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनीहरूलाई गोदावरी नगरपालिका १ काे ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरिएको हो ।

जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेल्धुराको आलिताल जाँदै गरेका वेदकोट नगरपालिका ३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत लोकेन्द्रसिंह भण्डारीले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कारलाई भीमदत्तबाटै त्यही कारमा खानिडाँडासम्मका लागि लिफ्ट मागी चढेका तीन जना भारतीयले भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका थिए । 

भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी उनकाे साथमा रहेको एक थान मोबाइल, पर्स र कारसमेत लगी भारतीय नागरिक फरार भएका बताइएको छ । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया