दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ पत्र जनतालाई देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली पत्र सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभएको हो । उहाँले सरकारले नयाँ पत्र ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा ढाँट्ने काम गरिरहेको बताउनुभयो । उहाँले अध्यक्ष प्रचण्डले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याइँ बाहेक अरू नभएको बताउनुभयो । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एक जना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो भनेर । अन्तर्राष्ट्रियरूपमा पनि ढाँटिरहेका छन् । एसपीपीमा अहिले आएकाे ड्राफ्ट नयाँ हो । म सरकारलाई सक्कली पत्र देखाऊ भन्छु । म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुन सक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर र पठाएको मितिमा पनि २७ अक्टाेबर लेखेको छ हातले । सबै टाइप छ, त्यो पछि हातले किन लेख्नुपर्याे ? त्यहाँ टिपेस लगाएर, त्यसलाई मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु । पत्रमा अरू सबै टाइप छ तारिख चाहिँ २७ भनेर हातले लेखिएकाे छ । किनभने केपी ओलीलाई मुस्नका लागि सजिलाे हुन्छ भनेर हाे । चलानी नम्बर पहिलाको फेरेर ८५ कसरी भयो ? सबै लाइनमा टाइप गरेको छ, बीचमा हातले ८५ लेखिएको छ । छली काम अहिलेको सरकारले गरेको छ । यदि म प्रधानमन्त्री हुँदा भएको भए पनि त्यो गलत छ, त्यो मेरो जानकारीविना भएको छ ।’
अध्यक्ष ओलीले एसपीपीकाे पत्र आफू प्रधानमन्त्री नहुँदै पठाइएकाे भन्दै यसबारेमा अमेरिकी दूतावासले सत्य बोलोस् भन्ने चाहेकाे पनि बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।