विभिन्न विधाका पत्रकारलाई रोटरी जर्नो अवार्ड प्रदान

 असार १४, २०७९ मंगलबार २०:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले विभिन्न विधामा कलम चलाउँदै आएका पत्रकारलाई रोटरी जर्नो अवार्ड तथा विशेष सम्मानबाट पुरस्कृत गरेको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि पत्रकारहरूलाई अवार्ड प्रदान गरिएकाे हाे ।

आज मङ्गलवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी पत्रकारहरूलाई पुरस्कार प्रदान गरिएको हो । जर्नो अवार्डको शिक्षातर्फ बालमुकुन्द आचार्य, स्वास्थ्यतर्फ सिर्जना बराल, वातावणतर्फ राजेश घिमिरे, आर्थिकतर्फ भीम गौतम र महिला विकासतर्फ कविता श्रेष्ठ पुरस्कृत हुनुभएको छ । 

विशेष सम्मान भने शंकर खरेललाई प्रदान गरिएको छ । यस्तै वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार विशिष्ट सम्मान ( मिडिया लिजेन्डरी पर्सनालिटी) बाट सम्मानित हुनुभएकाे छ ।

जर्नो अवार्ड २०२२ का संयोजक मञ्जु कार्कीले पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरेको बताउनुभयो । रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका साथै शिक्षा, स्वास्थ्य र वातावरण लगायतको क्षेत्रमा काम गर्दै आएको छ । 

पुरस्कारका लागि नेपाल प्रेस इन्स्टिच्यूट, राष्ट्रिय समाचार समिति, मिडिया एड्भोकेसी ग्रुप र नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल भुटान) का डिस्ट्रिक्ट गर्भनरहरु सम्मिलित छनौट समितिले अन्तिम निर्णय गर्दछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया