काठमाण्डाै महानगरपालिकामा सडकमा खानेकुरा बेच्न निषेध

 असार १४, २०७९ मंगलबार २०:२:६ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आज मङ्गलवारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले यस्ताे निर्णय गरेकाे जनाएको छ ।   

काठमाण्डाै उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री/वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिबानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।
होटल, रेस्टुरेन्टकाे खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।  

सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताउनुभयो ।     

नागरिकको सहजताका लागि कामपाले २४ सै घण्टा ११८० हटलाइन टेलिफोन हिजाे सोमवारदेखि सञ्चालनमा ल्याएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया