डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २६ रुपैयाँ ३४ पैसा

 असार १५, २०७९ बुधबार ८:४२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ ।

यसअघि गएको बिहीवार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो ।

सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया