आज र भोलि यी नदीमा पानीले सतर्कता तह पार्न गर्न सक्ने, ख्याल गरौँ

 असार १५, २०७९ बुधबार १०:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी जिल्लामा ठूलो पानी परेको छ। अरु ठाउँमा पनि मध्यम वर्षा भइरहेको छ।

आज र भोलि कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी, मादीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । निरन्तर पानी परेकाले ती नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

साथै महाशाखाले आज मधेस प्रदेशलगायत तराईका साना नदी तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह पनि गरेको छ । पहाडी जिल्ला जाजरकोट र आसपासको क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

त्यस क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया