आज विश्व खाद्य स्वच्छता दिवस : अस्वस्थकर खानाबाट झाडापखालादेखि ...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - बूढानीलकण्ठ नगरपालिकामा रहेकाे चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ ।
सबस्टेसनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरहरुमध्ये एउटामा आज बिहान ५ बजेदेखि समस्या देखिएको हो ।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । याे ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका ठाउँमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताउनुभयो ।
उहाँका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडानकाे काम जतिसक्दो छिटाे सम्पन्न गरी विद्युत् आपूर्ति सञ्चालन गर्न टोली परिचालित भएको श्रेष्ठले उल्लेख गर्नुभयो ।