नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेकाे छ : गृह मन्त्री

 असार १५, २०७९ बुधबार १५:८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ । 

आज बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृह मन्त्री खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताउनुभएको हो । उहाँले याे विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधि सभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ ।

गृह मन्त्री खाणले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि छिट्टै पारित गर्नुपर्ने बताउनुभयो । उहाँले संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो । संसदीय समितिहरूमा रिक्त रहेको सभापति चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई अवगत गराउने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया