चपली सबस्टेशनको ट्रान्सफर्मर जल्दा बिजुली आपूर्तिमा समस्या, कुलमान घिसिङ 'फिल्ड' मा

 असार १५, २०७९ बुधबार १८:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकामा रहेको चपली सबस्टेशनको एउटा पावर ट्रान्सफर्मर जल्दा आज बुधवार बिहानैदेखि बिजुली प्रवाह बन्द भएको छ । 

सबस्टेशनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटा आज बिहान ५ बजे जल्दा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा बिजुली आपूर्तिमा समस्या भएको छ ।

चपली सबस्टेशन सञ्चालनमा नआउञ्जेल बालाजु र चाबहिल लाइनको बिजुली ल्याएर ८० प्रतिशत क्षेत्रमा वितरण गरिएको र २० प्रतिशत ठाउँमा बिहानैदेखि बिजुली नभएको महाराजगञ्ज वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

जलेको ट्रान्फर्मरको ठाउँमा अर्को राख्न लागिएको र रातीसम्म काम सकिने उहाँले बताउनुभयो । यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ 'फिल्ड' मै पुग्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया