आमाको सम्झनामा वडाध्यक्ष पोख्रेलद्वारा विद्यालयमा कोष स्थापना

 असार १५, २०७९ बुधबार १८:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान – प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गर्नुभएको छ । 

स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको बलभद्र माविमा ५० हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो । 

विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पोख्रेललाई चेक हस्तान्तरण गर्दै पोख्रेलले अक्षयकोषमा रहने रकमबाट अभिभावकविहीन जेहेनदार विद्यार्थीको पढाइ सञ्चालन गरिने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया