कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको ज्यान गयो

 असार १६, २०७९ बिहिबार ९:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको ज्यान गएकोे छ ।

लगातारको वर्षापछि घर भत्किँदा हिजो बेदकोट–४ धरमपुरकी पार्वती खुनाकी चार महिने छोरी करिश्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्वती खुना ११ वर्षीय छोरा अर्जुन र चार महिने छोरी करिश्मालाई घरमै छोडेर मेलामा गएका बेला घर भत्किएको थियो ।

घर भत्किँदा घाइते भएका अर्जुनको उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया