स्याङ्जामा धन्सार भत्किँदा एक बालिकाको ज्यान गयो

 असार १६, २०७९ बिहिबार ९:४३:५३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - अविरल वर्षाको कारण धन्सार भत्किँदा स्याङ्जामा एक बालिकाको ज्यान गएकोे छ ।

गल्याङ नगरपालिका वडा नम्बर १० डुबिनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्किँदा उहाँकी छोरी १२ वर्षीया रेखा भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिनुभयो ।

रेखा सुतिरहेका बेला धन्सार भत्किएको र उनलाई पुरेको प्रहरीले जनाएको छ । बिहान साढे ६ बजे धन्सार भत्किँदा घाइते भएकी भट्टराईको उपचारका लागि गल्याङ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा रेखाका दाई १६ वर्षीय लक्षमण भट्टराई घाइते भएका छन् ।

गोठ भत्किँदा एउटा लैनोभैँसी र २ वटा बाख्राका पाठा पुरिएका पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया