आयाेगले माग्याे सरकारसँग विद्युतीय मतदान मेशिन

 असार १६, २०७९ बिहीबार १६:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो । 

आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज बिहीवार एक विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । 

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । त्यही समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन दिएको छ भने कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको हो । विद्युतीय मतदान यन्त्रबाट मतदान गर्दा मत बदर हुने सम्भावना हुँदैन । मतपत्रमार्फत मतदान गर्दा पाँचदेखि आठ प्रतिशतसम्म मत बदर हुने गरेको पाइएकाले विद्युतीय मतदान मेशिनका सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयन भने भएको छैन । 

गएको वैशाख ३० गते भएको पालिका चुनावमा पनि निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले विद्युतीय मेशिनबाट मतदान गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग भएको थियो । यसअघि २०६४ सालको संविधान सभा चुनावमा ६ वटा निर्वाचन क्षेत्रमा र २०७१ सालको संविधान सभाको उपचुनावमा पाँच वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया