प्रधानमन्त्री देउवासँग भारतीय राजदूतकाे भेट

 असार १६, २०७९ बिहिबार १९:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहीवार प्रधानमन्त्री बालुवाटारमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउनुभएको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको भन्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तव नेपालका लागि भारतका २६ औँ राजदूत हुनुहुन्छ । श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया