नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदै

 असार १७, २०७९ शुक्रबार ८:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदैछ ।

निगमका महाप्रबन्धक दिपुराज ज्वारचनले यात्रु सङ्ख्याका दृष्टिले उपलब्धिमूलक मानिने गन्तव्यमा अध्ययन गरी नयाँ ठाउँमा जाने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा गएको वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान थालेको छ । रियादमा निगमले हप्तामा दुईवटा उडान गर्छ भने साउदी अरेबियाको जेद्दा र दमाममा पनि उडान थाल्ने योजना रहेको निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमले विमानकाे थप प्रक्रिया पूरा गरेर सियोल, ग्वान्जाउ, साङघाई, कोलम्बो, अहमदाबाद, जकार्ता, फ्याङ्कफर्ट र अस्ट्रेलियामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । निगमले आन्तरिकतर्फ काठमाण्डौबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्जमा नियमित उडान गर्छ ।

त्यस्तै नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्दै आएको छ । धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङमा पनि उडान हुन्छ । निगमले आफ्नो ६३ वर्षको इतिहासमा पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्ने प्रमाणपत्र पाएको छ ।

यसले निगमको आयमा थप टेवा पुगेको महाप्रबन्धक दिपुराज ज्वारचनले बताउनुभयो । निगमले चालु आर्थिक वर्षकाे आठ महिनामा ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले धेरै हो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया