मेस्सी मलाई मनपर्ने खेलाडी, यस पटकको विश्व कप अर्जेन्टिनाले जित्ने विश्वास छ : सुवास नेम्वाङ

 असार १७, २०७९ शुक्रबार १९:५७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले यस पटकको विश्व कप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गर्नुभएको छ । 

आज शुक्रवार काठमाण्डौमा भएको एक कार्यक्रममा उपनेता नेम्वाङले आउँदो नोभेम्बरमा हुने विश्व कप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गर्नुभएको हो । आफू लियोनल मेस्सी र अर्जेन्टिनाको प्रशंसक भएको भन्दै उहाँले भन्नुभयो, ‘जे होस् यसपालि अर्जेन्टिनाले, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’

उपनेता नेम्वाङले आफूले अहिले पनि राति १२ बजेसम्म उठेर फुटबल हेर्ने गरेको पनि सुनाउनुभयो । अहिले मेस्सी इटाली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) गएको भन्दै उहाँले भन्नुभयो, ‘मलाई निकै मनपर्ने खेलाडी मेस्सी अहिले पीएसजी गएको हुनाले बार्सिलोनाको फुटबल हेर्न छोडेको छु, अर्जेन्टिना र र पीएसजीको फुटबल हेर्छु ।’ 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया