शेरबहादुर देउवा पार्टीकाे हाेइन गठबन्धनको सभापति : शेखर पक्ष

 असार १७, २०७९ शुक्रबार २०:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । 

आज शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवम् पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आउँदो कार्यदिशा, आउँदो चुनाव र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमा छलफल भएको पोखरेलले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज सरकार सञ्चालनको बारेमा मुख्य छलफल भयो । अर्थतन्त्रका सूचकहरू राम्रोसँग चलाउने कुरामा सरकारले हामीले गरेका वाचाअनुसार पूरा गर्न सकेन । यस्तै सुशासनको विषयमा पनि राजनीतिक प्रतिबद्धता जनाएका थियौँ । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर प्रतिबद्धता भएको थियो तर अहिले पनि प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको छ । बजेट बनाउनेदेखि पछिल्ला चरणमा चरमरूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको छ । व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ । परराष्ट्र नीतिमा हाम्रो पार्टीले पनि पहलिाबाटै सबैको साझा नीति बनाउनुपर्छ भनेका छौँ । त्यसमा सफल हुन सकेन । अहिले नेपाली कांग्रेसको भन्दा पनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ । उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उनीहरूको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहनुभएको छैन ।’

केन्द्रीय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा का्रग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुसार चल्ने कुरामा पन िजोड दिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया