सगरमाथा आरोहणको ७० वर्ष : साढे ७ हजारभन्दा धेरै सर्वोच्च शिखरमा
जेठ १५, २०८० सोमबार
काठमाण्डाै - निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ भने अरु केही प्राविधिक काम बाँकी रहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अबको हप्ता, १० दिनभित्र अनलाइन प्रणाली तयार हुने जानकारी दिनुभयो । आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
आयोगकाअनुसार मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध हुनेछ । यो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।
अनलाइन प्रविधिको सुविधा भएपछि अरु विवरण घरबाटै भर्न मिले पनि प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा भने पुग्नैपर्ने आयोगले जनाएको छ । आउँदो चुनावका लागि अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।
अहिले अनलाइन प्रविधि तयार भइनसकेकाले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन कार्यालयमै जानुपर्छ । आयोगले चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सकिने जनाएको छ।
Bidur jung poudel
July 3, 2022, 3:19 p.m.Vot list ko lagi
bhim bahadhur bista
July 2, 2022, 10:09 p.m.Vary good
Hari Shrestha
July 2, 2022, 11:22 a.m.मतदाता नामावली /
सान्ता खनाल
July 2, 2022, 7:46 a.m.मेरो भोट लिस्तमा नाम हुनु ओअरो
Khadka Muktan
July 2, 2022, 7:44 a.m.from makwanpur (bhagmati prove
khadka lala muktan
July 2, 2022, 7:41 a.m.मतदाता नामावली दर्ता गराउनुपर्ने
Ranjit Das
July 2, 2022, 7:40 a.m.Very good work