पाँचथर पहिरो : बेपत्ता तीन जनामध्ये एक जनाको शव भेटियाे, दुई जनाको खोजी चल्दै

 असार १८, २०७९ शनिबार ९:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।

पहिरोमा बेपत्ता भएका रुपलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बेपत्ता उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको खोजी भइरहेको छ ।

गएराति खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो ।

घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसअघिको समाचारमा अन्यथा हुन गएकोमा सच्चाएका छौँ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया