स्कुलभित्रै कर्मचारीको ज्यान गएको विषयलाई लिएर आफन्तद्वारा केएमसीमा ताेडफाेड

 असार १९, २०७९ आइतबार १५:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्कुलभित्रै कर्मचारीको ज्यान गएको विषयलाई लिएर आफन्तहरूले काठमाण्डाै बुद्धनगरको काठमाण्डाै मोडेल (केएमसी) स्कुलमा तोडफोड गरेका छन् । तोडफोडका कारण स्कुलको डिजिटल बोर्ड लगायतका केही भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले पनि तनावकै अवस्था रहेको छ । 

आफन्तले अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्ने, शवको अवस्था हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको छात्रा बस्ने छात्रावासमा झुन्डिएको अवस्थामा हिजो शनिवार बेलुका मृत फेला पर्नुभएको थियो । डेढ वर्षदेखि कार्यरत उहाँको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् ।  

अहिले विद्यालय प्रशासन र मृतकका परिवारबीच बार्ता भइरहेको बानेश्वर प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार २२, २०७९

तपाईको प्रतिक्रिया