प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमणबारे कुरा चलिराखेकाे छ : परराष्ट्र मन्त्रालय

 असार १९, २०७९ आइतबार १५:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आज आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनुभएको हो । पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयाे, भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । भ्रमणमा निमन्त्रणा गर्ने र त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै तयारी पुगेपछि उपयुक्त समयमा जानकारी दिने नै छौँ ।’

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया