जुन महिनामा नेपाल भित्रिए झन्डै ४७ हजार जना पर्यटक

 असार १९, २०७९ आइतबार १६:२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एनटीबी

काठमाण्डाै – अघिल्लो अङ्ग्रेजी महिना अर्थात् सन् २०२२ को जुन महिनामा नेपालमा झन्डै ४७ हजार जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नाै सय ५७ जना पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक आएका छन् । समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० जना, सार्कबाहेक एसियाका अन्य देशबाट दुई हजार तीन सय ६९ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै युरोपका देशबाट चार हजार सात सय ८७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार पाँच सय ४९, अमेरिका र क्यानडाबाट आठ हजार नाै सय ८० जना र अन्य देशबाट तीन हजार दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को जुन महिनामा ६१ हजार तीन सय ५१ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ काे जनवरीयताका ६ महिनामा दुई लाख ३७ हजार ६ सय ९६ जना पर्यटक नेपाल आएका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया