विश्वविद्यालयमा ताला लाग्न नदिन सरकार सचेत छ : शिक्षा मन्त्री

 असार २०, २०७९ सोमबार १६:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ । मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सधैँका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरूको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताउनुभयो । 

आज सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रियासमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यमबाट समाधान गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, बाधा पुर्‍याउने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई बाधा पुर्‍याउने कुरा राम्रो हुँदैन । विश्वविद्यालयहरूलाई परीक्षा प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नका निम्ति हामी उहाँहरूसँग गम्भीर छलफल, संवाद र कुराकानीमा छौँ । लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि खुलाइएकाे कुरा सदनबाट जानकारी गराउन चाहन्छु ।’

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटक–पटक दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया