अनौपचारिक बाटोबाट विदेशी मुद्रा भित्राउने पौडेलविरुद्ध ८ करोड रुपैयाँ जरिबानाको मुद्दा दायर

 असार २०, २०७९ सोमबार १६:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले अनौपचारिक रूपमा विदेशी मुद्रा भित्राउने पर्वतका गणेश पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध विभागले आठ करोड २३ लाख २६ हजार रुपैयाँ बिगो माग गरेर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

पौडेलले अनौपचारिक माध्यमबाट विदेशबाट ठूलो परिमाणमा रकम नेपालमा भित्राएर विभिन्न व्यक्तिलाई दिने गरेको पाइएको छ । उनले आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा विदेशी विनिमयको कारोबार गर्ने गरेको प्रमाण भेटिएको तर विदेशी विनिमयको कारोबार गर्ने इजाजत भने नलिएको विभागले जनाएको छ । 

पाडेलले भने विदेशबाट आफन्तले पैसा पठाएको र आफूले नेपालमा सहजीकरण गरिदिएको मात्रै बताउँदै आएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया