दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
कालीकाेट – अन्तरजिल्ला सुरक्षा बैठक मुगुको रारामा सम्पन्न भएको छ । बैठकमा कालीकोट, जुम्ला र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको कालीकोटका प्रजिअ रामहरि शर्माले बताउनुभयो ।
बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, जडीबुटी चोरी निकासी नियन्त्रण, कर्णाली राजमार्ग, कर्णाली करिडोर लगायतका अन्य सडकहरूमा सहज यातायात आउजाउ, अपराध अनुसन्धान लगायतका विषयमा छलफल भएको बताइएको छ ।
एकआपसमा सूचना आदानप्रदान गरी समन्वयात्मक रूपमा काम गर्न जुम्लाको खलङ्गा र मुगुको रारामा बैठक सम्पन्न भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।