नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति भेटियो

 असार २०, २०७९ सोमबार २०:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको पुष्टि भएको छ ।      

काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अणुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार यो नयाँ देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति 'BA5U' हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताउनुभयो ।  

ओमिक्रोनको अरू भेरियन्ट भन्दा पनि यो बढी सङ्क्रामक भएको विज्ञहरूले बताउँदै आएका छन् । तर यो भेरियन्टका कारण अस्पतालमा भर्ना हुने र ज्यान गुमाउन  सक्ने जोखिम भने धेरै नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झाले जानकारी दिनुभयो । कोरोनाको यो भेरियन्टबाट जोगिनका लागि पनि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, बेला–बेला साबुनपानीने हात धुने र भौतिक दुरी कायम गर्नुरहेको उहाँले बताउनुभयो । नयाँ प्रजातिको यो भेरियन्ट नियन्त्रणका लागि सरकारले परीक्षण किटदेखि अस्पताल, स्वास्थ्यकर्मी सबै तयारी अवस्थामा राखेको डा. झाकाे भनाइ छ । 

नेपालमा यस भन्दाअघि ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमुनाको जिन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । निर्देशक चुमनलाल दासले एक/दुई दिनमा काठमाण्डाैमा गरिएको जिन सिक्वेन्सिङबारे थाहा हुने बताउनुभयो । नेपालका केही दिनयता यसको सङ्क्रमण दर बढिरहेको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया