वैशाखयता बाढी, पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाए, ६५ करोड रुपैयाँभन्दा धेरैको क्षति

 असार २१, २०७९ मंगलबार ७:२१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएको वैशाख एक गतेदेखि हिजोसम्म बाढी/पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ८० दिनमा बाढी पहिराेमा मात्रै २१ जनाको ज्यान गएको हो ।

वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २० जना घाइते भएका छन् । वैशाखयता बाढी/पहिरोमा भन्दा चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या दोब्बरले धेरै छ । यो वर्ष असार २० गतेसम्म चट्याङ्गमा परेर ४१ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ ।

बाढी/पहिरो तथा ठूलो वर्षाका कारण १ सय ३२ वटा घटना भएका छन् । त्यस्तै देशका विभिन्न ठाउँमा गरी १ सय ७ वटा चट्याङ्गका घटना भएका छन् । यो वर्ष बाढी/पहिरो, भेल वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, हावाहुरी, जनावरको आक्रमणबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् ।

यी घटनामा २ सय २२ जना घाइते भएका छन् । अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया