दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भरे बेलुका सम्मका लागि बन्द गरिएको छ ।
झुलाघाटमा रहेको झोलुङ्गे पुलमा मर्मत गर्न लागिएकाले हिजो बेलुका ६ बजेदेखि आज बेलुका ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको यो पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । यसैबीच, दुवै देशका सुरक्षा निकायले पुलको अवलोकन तथा निरीक्षण गरेका छन् ।
वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ । झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । पक्की पुलको माग गर्दै बैतडीवासीले बेला बेलामा आन्दोलन समेत गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।