तुइनबाट खसेर एक किशाेर महाकाली नदीमा बेपत्ता

 असार २२, २०७९ बुधबार १८:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङका सचिन बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनुभएको छ । 

१७ वर्षीय बुढाथाेकी भारतबाट घर आउने क्रममा तुइन चुडिएर नदीमा बेपत्ता हुनुभएकाे दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनुभएका बुढाथोकीको प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रसाशन कार्यालय र स्थानीयवासीकाे टोलीले खोजी गरिरहेको छ । 

डोरी के कारणले चुँडिएको हो भन्ने थाहा नभएकाले यसको अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिनुभयाे । 

गएको वर्ष पनि दार्चुलाकै सीमा क्षेत्रमा महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया