एनसेलको सामाजिक पहल, 'रिङरोड ग्रीन बेल्ट' को उद्घाटन

 असार २२, २०७९ बुधबार २०:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलङ्की सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलङ्की सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले मङ्गलवार संयुक्तरूपमा ग्रीन बेल्ट उद्घाटन गरेका हुन् । एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वरदेखि कलङ्की सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको सकाएर अहिले यस क्षेत्रको संरक्षणको काम गरिहेको छ ।

यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको छ र यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको छ । यस कार्यक्रम अन्तर्गत रही एनसेलले कोटेश्वरदेखि कलङ्की सडक खण्डमा वृक्षरोपणमा पनि योगदान पुर्‍याएको छ । एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भन्नुभयो, ‘दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकाङ्क्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौँ । हामी वन तथा भू–संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, सम्बन्धित वडा र अन्य सरोकारवालाप्रति आभारी छौँ । यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौँ भनी प्रष्टाएको छ ।’

वन तथा भू–संरक्षण विभागका महानिर्देशक केसीले भन्नुभयो, ‘यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो । केही प्रतिस्थापन गरेर शतप्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि हो । भविष्यमा यस्ता सहकार्यका लागि अन्य धेरै क्षेत्रहरू छन् ।’

यस परियोजनाको बारेमा आफ्नो उत्साह साट्दै ललितपुर महानगरका मेयर महर्जनले भन्नुभयो, ‘हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो, त्यसैले म ललितपुर महानगरको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु । ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चार वटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी सहरमा १४०० वटा बत्ती जडान गर्ने काम गरिरहेका छौँ । अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७ दशमलव ९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो ।’

एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु अन्तर्गतका पहलहरूलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्य गर्दै आएको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया