लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

 असार २४, २०७९ शुक्रबार १९:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौका सडकमा गाडी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ ।

दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनका लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आज शुक्रवारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभाबी गाडी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने गाडीका चालकलाई पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटकपछि एक हजार पाँच सय रुपैयाँ जरिबाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । 

ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा १२ हजार आठ सय ६८ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा दिइसकेको छ ।

ट्राफिक प्रहरीले सीसीटीभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारबाही गर्दै आएको छ । 

सीसीटीभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा गाडीको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिबानासमेत गर्ने गरिएको छ ।

लेन अनुशासन पालना नगरि तीव्र गतिमा गुड्ने गाडीका कारण दुर्घटना हुने भएकाले लेनको सही प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया