भारतको अमरनाथ गुफानजिकै बाढीका कारण आठ जनाको ज्यान गयो

 असार २५, २०७९ शनिबार ८:३४:६ | एजेन्सी
unn.prixa.net

भारतको कश्मीर राज्य अमरनाथ गुफानजिकै बाढीका कारण ८ जनाको ज्यान गएको छ ।

केही मानिसहरु बेपत्ता भएका आशङ्कामा खोजी कार्य भइरहेको कश्मीरका प्रहरी प्रमुख विजयकुमारले बताउनुभएको छ ।

बाढी आएका बेला गुफा आसपासमा झन्डै १० हजार मानिस रहेको अनुमान छ । त्यहाँ अस्थायी शिविरमा मानिसहरु बसेका थिए ।

बाढीका बेला मानिसको भागाभाग भएको थियो । बाढीले भौतिक संरचनाहरु समेत बगाएको छ । अमरनाथ गुफामा जुन महिनादेखि तीर्थयात्रा सुरु हुन्छ । सन् १९९६ मा हिम पहिरोमा परेर २ सय ५० जनाभन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया