लगातारको वर्षाले पश्चिम तराईका केही ठाउँ डुबानमा, राति देशका धेरैजसो ठाउँमा पानी पर्ने

 असार २५, २०७९ शनिबार २०:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको वर्षाको कारण देशका पश्चिम तराईका जिल्ला जलमग्न भएका छन् । बाँके बर्दिया, दाङ लगायतका क्षेत्र डुबानमा परेका छन् । 

ठूलो पानी नपरे पनि गएरातिदेखि लगातारजस्तै पानी पर्दा यी ठाउँहरु जलमग्न भएका हुन् । धेरै खाल्डाखुल्डी, पानी निकास हुने ठाउँ नहुँदा र बालुवाका कारण मध्यम खालको पानी पर्दा पनि तराई तथा उपत्यका डुबानमा पर्ने गरेका मौसमविद् बिनु महर्जनले बताउनुभयो । 

यस्तै लगातार पानी परेर जमिन भिजिरहेको हुनाले भिरालो जमिनमा पहिरोको जोखिम बढेकोले सतर्कता अपनाउन पनि मौसमविद् महर्जनले आग्रह गर्नुभएको छ । 

आज दिनभर प्रदेश एक, मधेसप्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका धेरै ठाउँमा लगातार जस्तै पानी परिरहेको छ । लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रका केही नदी तथा खोलाले सतर्कताको तह पार गरेका छन् । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया