श्रीलङ्का : राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने प्रदर्शनकारीकाे अडान

 असार २६, २०७९ आइतबार १९:२२:५४ | एजेन्सी
unn.prixa.net

राष्ट्रपति भवन कब्जामा लिएपछि स्विमिङ पुलमा पाैडी खेल्दै प्रदर्शनकारी, तस्बिर : एजेन्सी

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । 

विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ । 

‘हाम्राे सङ्घर्ष सकिएकाे छैन’, विद्यार्थी आन्दाेलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछाेडेसम्म हामी याे सङ्घर्ष छाड्ने छैनाैँ ।’ 

प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन् । 

आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाउनुभएको छ । यस्तै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि संयुक्त सरकार बनाउन आफू तयार रहेको बताउनुभएको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया