श्रीलङ्काको राष्ट्रपति निवासमा करोडाैँ रुपैयाँ भेटिएको दाबी

 असार २७, २०७९ सोमबार ७:२:३१ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काको राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । अस्ति राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट कराेडौँ रूपैयाँ नगद बरामद गरेको भनिएको छ ।

सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । श्रीलङ्काका सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

अनुसन्धान अधिकारीले भने तथ्य जाँचपछि मात्रै यसबारे भन्न सकिने बताएका छन् । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन् दयनीय बन्दै गइरहेको समयमा प्रदर्शनकारीले अस्ति शनिवार राष्ट्रपति कार्यालय कब्जामा लिएको घोषणा गरेका थिए ।

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राष्ट्रपति भवन छोडेर भाग्नुभएको छ । राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ तारिखमा राजीनामा दिने बताए पनि राजीनामा नआएसम्म राष्ट्रपति भवन नछाड्ने प्रदर्शनकारीको अडान छ ।

प्रदर्शनकारीले प्रधानमन्त्री रनिलविक्रमा सिङ्घेको सरकारी निवासमा समेत आगजनी गरेका थिए । प्रधानमन्त्रीले पनि राजीनामा दिने बताइसकेका छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया