दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेकपा एमालेका सांसदहरुले प्रहरीको लागि हतियार किन्न सरकारले तयारी गरेको भन्दै विरोध गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नवराज सिलवालले अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय छोड्दै गर्दा हतियार किन्न ८४ करोड रकमान्तर गरेको भन्दै विरोध गर्नुभयो ।
‘बिचौलियालाई र राजनीतिक शक्तिलाई पैसा चाहिएपछि हतियारको कुरा उठाइन्छ’ उहाँले भन्नुभयो, ‘बिचौलिया आफैँ फाइल खडा गर्छन् अनि सदर गर्न प्रहरीमा दबाब दिन्छन् ।’ अर्थतन्त्र तहस नहस हुने अवस्थामा आवश्यक नै नपरेको हतियार खरिद गर्न लागेको उहाँको टिप्पणी छ ।
यस्तै, सांसद डाक्टर शिवमाया तुम्बाहाम्फेले पनि किसानले मल नपाइरहेका बेला सत्ता गठबन्धन आफ्नो स्वार्स्थमा मात्रै केन्द्रित भएको आरोप लगाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।