युवा सङ्घले घेर्‍याे यातायात कार्यालय, ‘ढुङ्गेयुगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम’

 असार २७, २०७९ सोमबार १४:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – नेकपा एमाले निकट भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले ललितपुरको एकान्तकुनामा रहेकाे यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । 

आज सोमवार सङ्घले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा अनियमितता, ढिलासुस्ती र लापर्बाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो । कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोले पनि पूर्णरूपमा नचल्ने साइट बनाएको आरोप लगाउनुभयो । उहाँले साइट नचल्दा नागरिकहरू फेरि बिचौलियाकोमा पुगिरहेको दाबी गर्नुभयो । 

अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थित गर्न कार्यालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले कर्मचारी र बिचौलियालाई पैसा खुवाएर लाइसेन्सको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले देशका धेरै कार्यालयहरूमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरीरूपमा लाइसेन्स लगायतका कुराहरूमा ढिलासुस्ती गर्न नहुने बताउनुभयो । उहाँले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाउनुभयो । उहाँले यातायात कार्यालयमा भएका सबै सेटिङ र बिचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताउनुभयो । युवा सङ्घको आन्दोलनलाई चानचुने रूपमा नलिन पनि उहाँले चेतावनी दिनुभयो ।

युवा सङ्घका प्रदर्शनकारीहरूले ढुङ्गेयुगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर लगायतका ब्यानर र नारा लगाएर विराेध गरेका थिए । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dp belbase

    July 11, 2022, 9:22 p.m.

    २००००/- मा लाईसन आउने प्रवृतिको अन्त्य कहिले होला?

  •  0 Reply

तपाईको प्रतिक्रिया