शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघ्यो, विदेशी मुद्रा सञ्चिति पनि घट्दो, वैदेशिक लगानी भने बढ्यो

 असार २७, २०७९ सोमबार १७:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशमा शोधनान्तर घाटा झनै बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले मात्रै घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको जेठमा १४ करोड आठ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यो आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २६ करोड डलरले घाटामा रहेको छ । 

यस्तै कुल विदेशी विनिमय सञ्चिति पनि घट्दो क्रममा नै रहेको छ । गएको वर्षको जेठ महिनामा १२ अर्ब ४४ करोड डलर रहेकोमा यो वर्षको जेठ महिनामा नाै अर्ब ४५ करोड डलरमा झरेको छ । एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति साढे साच  महिनाको वस्तु आयात, साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । 

यस्तै चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता पाँच खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ११ महिनामा चालु खाता जम्मा दुई खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । 

यस्तै ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ७ दशमलव १ प्रतिशतले बढेर १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया