सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा तीन ‘सिफ्ट’मा काम

 असार २८, २०७९ मंगलबार ८:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले हिजोदेखि बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको हो ।

बिहान ७ बजेदेखि १० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि बेलुका ७ बजेसम्म गरि तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरिएको प्रशासनले  जनाएको छ । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि दैनिक तीन सिफ्टमा सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । तीन सिफ्टमा सेवा सुरु भएसँगै अब राहदानीकाे लागि दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ ।

यस अघि हप्तामा ८० जनाको मात्रै राहदानी फारम बुझ्ने गरिएको थियो । कार्यालयले राजश्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इनराेल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया