बौद्ध परम्पराअनुसार शिन्जो आबेको आज अन्तिम संस्कार गरिँदै

 असार २८, २०७९ मंगलबार १२:८:३३ | एजेन्सी
unn.prixa.net

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ । आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ ।

अन्त्येष्टि गर्नुअघि शिन्जो आबेको परिवारले प्रार्थना सभा गरेका छन् । सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदालगायत सहभागी हुनुभएको थियो । शुक्रबार नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उहाँलाई गोली हानिएको थियो । गोली लागेका ६७ वर्षका आबेको उपचारका क्रममा ज्यान गएको थियो ।

आबेलाई गोली हानेका ४१ वर्षका पुरुषलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै जापान प्रहरीले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको स्वीकार पनि गरेको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया