अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

 असार २८, २०७९ मंगलबार १७:४४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अबदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर भोलि बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।  फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (अहिलेका लागि काठमाण्डौ उपत्यकाका तीन वटा जिल्ला) मा अनलाइनबाटै पेस गर्न सकिने आयोगले जनाएको छ । 

फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

11 Comments

  • Sagar

    July 16, 2022, 10:40 a.m.

    नयाँ मतदाता नामावली

  •  0 Reply
  • mister baniya

    July 13, 2022, 11:20 p.m.

    मलाई पनि नाम दर्ता गर्नुछ /

  •  0 Reply
  • Bel bahadur Gurung

    July 13, 2022, 9:33 a.m.

    धेरै राम्रो

  •  0 Reply
  • Bibas Lamsal

    July 13, 2022, 5:31 a.m.

    I want to make voter card.

  •  0 Reply
  • Ashok Dhami

    July 12, 2022, 7:40 p.m.

    I need it fast

  •  0 Reply
  • Lekh Aale Magar

    July 12, 2022, 6:13 p.m.

    निर्वाचन आयोगको यो कार्य सकारात्मक भए पनि अधुरो देखियो । तपसिल बमोजिम पूरा गर्न शिघ्र तत्परता देखाईयोस् । १) अनलाईन बाट मतदाता नामावलि दर्ता गर्ने कार्य शिघ्र नेपाल अधिराज्य भर गरियोस् । २) हस्ताक्षर, फोटो, औठा छाप, नागरिकताको प्माणपत्र जस्ता ब्यक्ति पहिचानका चिन्हहरू अनलाईन फाराममा नै अपलोड गर्ने ब्यवस्था मिलाईयोस् । ३) प्रमाणिकरणको लागि सम्बन्धित प्रशासन कार्यालय वा न्त्रालयको रेकर्ड संग रूजु गरियोस् । ४) जनताको महत्वपूर्ण समयको बचत गर्ने र शारिरिक कष्ट न्यून गर्ने तर्फ निर्वाचन आयोगले ध्यान देओस् ।

  •  0 Reply
  • Dawa Sherpa

    July 12, 2022, 6:12 p.m.

    विदेशमा रहेका नागरिकले पनि दर्ता गर्न सकिन्छ?

  •  0 Reply
  • Indra Prasad poudel

    July 12, 2022, 5:54 p.m.

    जनताले सुख पाएकोमा धन्यवाद ।

  •  0 Reply
  • Premlal bhusal

    July 12, 2022, 5:54 p.m.

    Its me prem bhusal

  •  0 Reply
  • युबराज दाहल

    July 12, 2022, 5:53 p.m.

    हामि प्रदेशमा बस्ने नेपालिहरुले पनि बनाउन पाउने हो अन्लाईन बाटनै कि नेपाल मा बोसोबास गरेको लाई मात्र हो , पुरा जानकारी दिए कति राम्रो हुने थियो, अनि मतदान गर्न पाउने ब्यब्स्था चै कैले गर्ने रहेछ्न नेपाल सरकाले ,

  •  0 Reply
  • Dharam Bahadur Thapa

    July 12, 2022, 5:52 p.m.

    My voting card

  •  0 Reply

तपाईको प्रतिक्रिया