अमेरिकाले श्रीलङ्काका राष्ट्रपतिकाे भिसा अनुराेध ‘अस्वीकार गर्‍याे’

 असार २८, २०७९ मंगलबार २०:२७:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गाेटाबाया राजापाक्षेकाे भिसा अनुराेधलाई अस्वीकार गरेकाे छ । देशमा विराेध प्रदर्शन चर्किँदै गएपछि पद छाेड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेकाे अनुमानका बीच राष्ट्रपति राजापाक्षेकाे भिसा अनुराेधलाई अमेरिकाले अस्वीकार गरेकाे 'द हिन्दू' ले एक उच्च अधिकारीलाई उद्धृत गर्दै लेखेकाे छ । 

यसअघि श्रीलङ्का र अमेरिकाका दाेहाेराे नागरिक रहेका गाेटाबायाले सन् २०१९ काे चुनावअघि अमेरिकी नागरिकता त्याग्नुभएकाे थियाे । विदेशी नागरिक राष्ट्रपति पदका लागि उम्मेदवार हुन नपाउने कानुनका कारण उहाँले अमेरिकी नागरिकता त्याग्नुभएकाे थियाे । 

राजापाक्षेले त्याे चुनाव भारी बहुमतका साथ जित्नुभयाे तर नागरिकलाई थिचाेमिचाे गर्ने र एक गम्भीर आर्थिक सङ्कटका बीच उहाँ अवश्य पनि देशकाे सबैभन्दा अलाेकप्रिय नेता बन्नुभयाे । 

काेलम्बाेमा रहेका एक अधिकारीले भनेका छन्, ‘उन (राजपक्ष) ले भर्खरैकाे घटनापछि अमेरिकालाई सुरक्षित मार्गकाे रूपमा राेजेका थिए तर यसलाई अस्वीकार गरिएकाे छ ।

श्रीलङ्कामा प्रदर्शनकारीले गएको शनिवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Amar bahadur basnet

    July 12, 2022, 8:42 p.m.

    यस्ता नेतालाई भीसा होइन, फाँसी दिनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया