ट्विटरले एलन मस्कविरुद्ध मुद्दा दायर गर्‍याे

 असार २९, २०७९ बुधबार ११:४०:११ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

सामाजिक सञ्जाल कम्पनी ट्विटर विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर गरेकाे छ । ट्विटर किन्ने सम्झाैता रद्द गरेसँगै कम्पनीले टेस्लाका प्रमुख कार्यकारी निर्देशक मस्कविरुद्ध अमेरिकाकाे डेलावेयर अदालतमा मुद्दा दायर गरेकाे बीबीसीले जनाएकाे छ । 

एलन मस्कले गएकाे शुक्रवार ट्विटर नकिन्ने बताएपछि ट्विटरले अमेरिकाकाे डेलावेयर अदालतमा मुद्दा दायर गरेकाे हाे । ट्विटरका अध्यक्ष ब्रेट टेलरले यसबारे जानकारी दिनुभएकाे छ ।

गएकाे अप्रिलमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झाैता गर्नुभएकाे थियाे । त्यस बेला ट्विटरकाे प्रतिशेयर ५४ दशमलव २० डलरमा किन्ने सम्झाैता भएकाे थियाे । अदालतले मस्कलाई सम्झाैता पूरा गर्नुपर्नै आदेश दिनुपर्ने कम्पनीकाे माग छ । 

तर गएकाे शुक्रवार एलन मस्कले ट्विटरले 'स्पाम' र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको बताउनुभएको थियाे ।

एलन मस्क सम्झाैताका लागि सहमत भएपछि टेस्लाकाे शेयरकाे साथै शेयर बजार घटेकाे र टेस्लामा मस्ककाे हिस्सा घटेकाे ट्विटरले दायर गरेकाे मुद्दामा भनिएकाे छ । एलन मस्ककाे सम्पत्तिमा नाेभेम्बरमा सन् २०२१ काे उच्च अङ्कबाट एक सय बिलियन डलर घटेकाे छ र यही कारण उनी याे सम्झाैताबाट बाहिर आउन चाहेकाे बताइएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया