अर्थतन्त्र सुधार्ने काम भइरहेकाे छ : मन्त्री बडू

 असार २९, २०७९ बुधबार १३:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । 

आज बुधवार काठमाण्डाैमा भएको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदूत र निर्यात व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरू भने भइरहेको बताउनुभयो । उहाँले व्यापार घाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर देशको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र देशकाे बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशकाे अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हेर्दा हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत पनि अहिलेको अवस्थालाई सुधार्ने र देशको बढ्दो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवर्द्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस् भनेर भन्ने उद्देश्यले केही निर्णय गरेकाे छ । राष्ट्रिय उत्पादन बढाउन अभियानकाे तयारीमा लागेका छौँ ।’

मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया