‘एम अधिकारी’ बारे भूसालको भनाइ, ‘एमालेकाे विभागमा सार्वजनिक पदमा रहेका व्यक्ति छैनन्’

 असार २९, २०७९ बुधबार १५:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसाल आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्ति नरहने बताउनुभएको छ।  

विभागमा खोटाङ घर भएका एम अधिकारीको नाम उल्लेख भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले नियुक्त गरेको भन्दै विरोध भइरहेको छ।

यो विषयमा प्रतिनिधि सभा पनि छानबिनको माग उठेको छ । तर विभागका प्रमुख भूसालले आज फेसबुकमार्फत एमालेका विभाग र कमिटीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहने उल्लेख गर्नुभएको छ ।

भुसालले लेख्नुभएको छ, ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ । दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु।’

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया