भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टामा निभाइयो (फाेटाेफिचर)

 असार २९, २०७९ बुधबार १७:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टामा निभाइएको छ ।

काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल,  पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको  जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी  दिनुभयो ।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट  गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गर्नु भएको छ ।

आगलागीबाट मानवीय क्षति भएकाे छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । 

तस्बिर : रासस

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया